Websoft University

जिका भाइरससँग लड्न खेलाडीलाई कन्डम

अस्ट्रेलिया, जेष्ठ ९ गते । ब्राजिलमा जिका भाइरस संक्रमणको त्रासका कारण आगामी रियो ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी नहुने घोषणा विश्वभरबाट केही खेलाडीले गरिसकेका छन्। 



ब्राजिलको यात्राले आफ्नो जीवन नै जोखिममा पर्न सक्ने चिन्ता उनीहरूको छ। अस्ट्रेलियाका एक गल्फरले पनि आफू आगामी ओलम्पिकमा सहभागी नहुने घोषणा गरिसकेका छन्।

अस्ट्रेलियन खेलाडीको यही चिन्तालाई लिएर कन्डम उत्पादकहरूले त्यहाँका खेलाडीलाई कन्डम वितरण गर्ने घोषणा गरेका छन्। कन्डम निर्माता कम्पनीको दाबीअनुसार उक्त कन्डमको प्रयोगले खेलाडीलाई जिका भाइरसविरुद्ध लड्न अधिकतम रूपमा सफल बनाउनेछ।

यसको समन्वय स्वयं अस्ट्रेलियन ओलम्पिक कमिटीले गरेको छ। रियो ओलम्पिकका लागि अस्ट्रेलियन टोलीका सेभ दि मिसन किटी चिलरले ओलम्पिकका क्रममा सामना गर्नुपर्ने जिका भाइरसको चुनौतीलाई कन्डमको प्रयोगले कम गर्ने विश्वास व्यक्त गरेका छन्।

लामखुट्टेबाट सर्ने जिका भाइरस मध्य तथा ल्याटिन अमेरिकामा महामारीकै रूपमा देखा परेको छ। जिका भाइरसको समस्या बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ।

यो भाइरस संक्रमणको लक्षण निकै सुषुप्त अवस्थामा। यो भाइरसको संक्रमणले बच्चाहरू अस्वाभाविक रूपमा सानो टाउको भएको जन्मने बताइएको छ।

अस्ट्रेलियाको स्टक एक्सचेन्जमा सूचीकृत स्टारफर्मा होल्डिङ्स र आन्सेलले संयुक्त रूपमा जिका भाइरस प्रतिरोधात्मक कन्डमको उत्पादन गरेको दाबी गरेका छन्। धेरै देशमा गर्भवती महिलालाई त्यहाँ नजान र पुरुषहरूलाई कन्डम प्रयोगबिना यौन सम्पर्क नगर्न सचेत गराइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.