Websoft University

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, सिटीको आत्मघाती गोल

काठमाडौ , वैशाख २३ गते । इंगलिल क्लब म्यानचेस्टर सिटीलाई हराउँदै स्‍पेनी क्लब रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।  

बुधबार राती रियलको घरेलु मैदानमा भएको सेमिफाइनलको दोश्रो लेगमा आत्मघाती गोलका कारण सिटी १-० ले पराजित भयो। सिटीका फर्नान्डोले खेलको २० औं मिनेटमा आत्माघाती गोल गरेपछि रियलले च्याम्पियन्स लिगको उपाधिका लागि अर्को स्‍पेनी क्लब एट्लेटिको मड्रिडसँगको भेट पक्का गरेको हो। रियल र सिटीबीचको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो।

बुधबारको खेलमा रियल मड्रिडले अधिकांश समय बलमाथि नियन्त्रण राखेपनि गारथ बेल, लुका मोड्रिक, क्रिस्टियानो रोनाल्डोको प्रहारहरु खेर गएका थिए। रियलले खेलको अन्तिम समयमा मात्र खतराको सामना गर्नुपर्‍यो। तर सिटीको दुर्भाग्य सर्जियो अग्विरोको प्रहार पोलमाथिबाट बाहिरियो।  

म्यानचेस्टर सिटीले सोचेको थियो, उसलाई फाइनल पुग्न एउटै अवे गोल पर्याप्त हुनेछ। उसको हौसला बढाउन ४५ सय जना समर्थक पनि खेल हेर्न पुगेका थिए।

रियलले अब उपाधिका लागि मे महिनाको २८ तारेखमा एट्लेटिको मड्रिडसँग खेल्नेछ।  एट्लेटिको मंगलबार साँझ जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा पुगेको हो।  यी दुई क्लबले यसअघि सन् २०१४ मा पनि च्याम्पियन्स लिगको फाइनल खेलेका थिए। त्यतिबेला रियल ४-१ ले विजयी भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.