काठमाडौँ,जेष्ठ ६ गते । फ्रान्सको पेरिसबाट इजिप्टको कायरो आउँदै गरेको विमान सम्पर्कबिहीन भएको छ । एजिप्ट एयरको फ्लाइट नम्बर एमएस ८०४ नम्बरको विमान सम्पर्कबिहीन भएको हो ।
विमानमा चालक दलका १० सदस्यसहित ५९ यात्रु सवार थिए ।
पछिल्लो समय विमानसँग भएको सम्पर्कमा उक्त विमान पूर्वी भूमध्यसागरमाथि झन्डै ३७ हजार फुटको उचाईमा उडिरहेको थियो । आफूलाई प्राप्त जानकारी सर्वसाधारणका लागि सार्वजनिक गर्ने इजिप्ट एयरले जनाएको छ ।
Post a Comment