Websoft University

​ढुंगाले हानेर रिक्साचालकको हत्या



काँकडभिट्टा , वैशाख २६ गते  । झापाको मेचीनगरमा गएराति रिक्सा चालक डिल्लीराम दाहालको हत्या भएको प्रहरीले जनाएको छ।

दुहागढी–७ हाडखोला निवासी ३२ वर्षीय दाहालको मेचीननगर–२ का २८ वर्षीय विवेक चौधरीले ढुङ्गाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

जाँडरक्सी खाएर दाहालकै रिक्सामा सवार चौधरीले सामान्य विवाद हुँदा ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको हो।

अभियुक्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको छ। चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ। रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.