Websoft University

कालिकोट-दैलेख सीमानामा भीषण पहिरो,


कालिकोट, जेष्ठ १ गते  । कालिकोट र दैलेखको सीमानामा पर्ने दहिखोलामा शुक्रबार राति पहिरो जाँदा पाँच घर पुरिएका छन्। पुरिएका घरमा मानिसहरु पनि परेका हुनसक्ने प्रहरीले शंका गरेको छ। प्रहरीकाअनुसार ६ जना मानिस पहिरोमा पुरिएको अनुमान छ।



अविरल वर्षाकाकारण गएको पहिरोमा दुई ट्याक्टर, एक मोटरसाईकल पनि पुरिएका छन्। यात्रु रोकेर खाजा, खाना खाने बजार हो–दहिखोला।

सदरमुकाम मान्मबाट नेपाल प्रहरी, नेपाली सेनासहित जिल्लाका सुरक्षा निकायका अधिकारीको टोली पहिरो गएको क्षेत्रमा खटिएको छ। प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार श्रेष्ठ, प्रहरी प्रमुख किशनसिंह बुडाल, नेपाली सेनाका गुल्मपति लगाएको टोली त्यसतर्फ लागेको हो। पहिरोले सडक अवरुद्ध भएपछि सवारी र यात्रु रोकिएका छन्।

कालिकोटमा टेलिफोन र मोवाईल सेवासमेत अबरुद्ध छ। टेलिफोन सेवा बन्द भएकाकारण वास्तविक क्षति र उद्धार कार्यबारे यथार्थ विवरण आउन सकेको छैन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.