Websoft University

पुरा हुँदैछ हरित नगरी


बेलबारी, जेष्ठ ६ गते ।  केही बर्ष अघि नै मोरङको बेलबारी ४ का स्थानीय समाजसेवी लक्ष्मणजंग थापाले देखेको सपना यतिबेला साकार हुने अबस्थामा छ । स्थानीय आधा दर्जन बढी संघसंस्थामा आबद्ध थापाले स्थानीय संघसंस्था सँग मिलेर बाताबरण जोगाऊन भन्दै कसैको जन्मदिन भएमा वा कसैको मृत्यु भएमा मृतकको स्मृतिमा बिरुवा रोप्ने संस्कारको बिकास गराएका थिए ।

जुन अहिले पनि सो वार्डमा जारी नै रहेको छ । थापाले त्यति बेला नै भनेका थिए,यो काम कुनैदिन बृहत रुपमा अगाडी बढने छ र मैले देखेको सपना पनि पुरा हुने छ ।पछिल्लो समय वाताबरणको बिनास सँगै मानिसको मृत्युपछि उनको समाधिस्थलमा कंक्रिट चिहान,र भवनहरु निर्माणको क्रम बढेपछि बनजंगल सखाप हुँदै गएको र त्यसले बाताबरणमा समेत असर पार्दै गएको छ । बिभिन्न जातजाति,भाषाभाषी र धर्मको नाममा सामुदायिक बन क्षेत्रहरुमा कंक्रिट भवन निर्माण हुन थालेपछि जिल्ला बन कार्यलयलाई समेट टाउको दुखाई बन्दै गएको छ ।

कार्यलयले त्यस्ता कंक्रिट चिहान र भवन भत्काउन पटक पटक प्रयास गरेपनि सो प्रयास असफल बन्दै आएको छ ।करिब ७ महिना अघि बेलबारी नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा आएका होम प्रसाद पौडेलले बेलबारीलाई हरित नगरीका रुपमा बिकास गर्ने योजना सुनाए । उनले यस क्षेत्रमा बेतना सिमसार,धनपाल गढी लगायत दर्जनौ पर्यटकीय स्थल समेत रहेको र तिनीहरुको बिकास सँगै बेलबारीलाई पर्यटकीय र हरित नगरीका रुपमा बिकास गर्ने आफनो योजना सुनाएका थिए ।



एक साता अघि बेलबारी नगरपालिकाको दोस्रो स्थापना दिबसका अबसरमा आयोजित कार्यक्रममा उनले ६ महिना अघि देखेको सपनालाई मुर्त रुप दिँदै आदिबासी जनजाति समुदायका ब्यत्तिहरुको मृत्युपछि समाधिस्थलमा कंक्रिट चिहान बनाउनुको सट्टा ५ वटा बिरुवा रोप्ने अभियानलाई अघि सार्दै सोही समुदायका अगुवाहरु सँग भएको सहमति सहित सोही कार्यक्रममा प्रतिबद्धता समेत जनाईयो । प्रतिबद्धता कार्यन्वयनका लागी सोही दिन नगरपालिका परिसरमा २ वटा बिरुवाहरु समेत रोपिए ।



स्थापना दिबसकै अबसरमा बेलबारी ३ मा रहेको भगवती उच्च माबिको प्राङगणमा समेत २ वटा बिरुवाहरु रोपिए । जुन कार्य बिद्यार्थीहरुको अगुवाईमा भएको थियो । प्रतिबद्धता जनाउँदै बिरुवा त रोपियो तर कार्यन्वयन होला या नहोला भन्ने धेरैलाई चिन्ता थियो । त्यसै समयमा मृत्यु भएका वडा नागरिक मञ्च बेलबारी २ का संयोजक गंगा गुरुङको दाहसंस्कार पछि बिरुवा रोपिन्छ या रोपिदैन भन्ने धेरैलाई कौतुहलता समेत भएको थियो ।



हजारौको संख्यामा दाहसंस्कार स्थलमा भेला भएका स्थानीय लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको कार्यक्रममा दाहसंस्कार पछि बिरुवा रोपियो र सामुहिक प्रतिबद्धतालाई कार्यन्वयन समेत गरियो । सोमबार मात्र पनि बेलबारी नगरपालिकाको वार्ड नम्बर ४ लालभित्तिमा मदन आश्रित स्मृति दिबसका अबसरमा आयोजित कार्यक्रम तथा वडा कार्यलय स्थापनाको अबसरमा समेत २ वटा बिरुवाहरु रोपिएका छन । यो कामले पनि नगरपालिकाको अभियानलाई साथ दिएको छ ।



सोही वडामा स्थानीयहरुले केही बर्ष अघि देखिनै मृत्यु भएका स्थानीयहरुको नाममा बिरुवा रोप्दै आएका छन । जुन कामले अहिले नगरपालिका भरी नै निरन्तरता पाउँदै गएको छ । केही आदिबासी जनजाति युवाहरुले सामाजिक सञ्जाल मार्फत नगरपालिका र अगुवाहरुको सो निर्णयको बिरोध पनि गरेका थिए । तर अधिकांश बेलबारीबासीहरुले सो निर्णयको स्वागत गरेका छन ।


सो निर्णयले बाताबरणको संरक्षणमा महत्वपुर्ण काम हुने प्रतिक्रिया समेत दिएका छन । शुरुमा सबैले नबुझदा केही गाहे भएपनि यो सही काम भएकोले सबैले यसलाई स्वागत गरेको अधिकृत पौडेलको भनाई छ । सबै निर्णय र कामको बिवरणहरु मन्त्रालयमा पुगिसकेका समेत उनले जानकारी दिए । बेलबारीलाई पर्यटकीय र हरित नगरीका रुपमा बिकास गर्दै लैजाने कार्य शुरु भएको र केही समयमा नै बेलबारी नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा परिचित हुने समेत उनले बताए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.