Websoft University

सामसुङले ल्याउँदै फोल्डिङ स्मार्टफोन




एजेन्सी - विश्व चर्चित कोरियाली कम्पनी सामसुङले सन् २०१७मा फोल्न गर्न मिल्ने स्मार्टफोन ल्याउने भएको छ।

सामसुङ एच डिस्प्ले टेक्नोलोजी मा अध्ययन गरिरहेको सामुसुङले पहिलो पटक फोर्न गर्न मिल्ने ग्यालेक्सी एक्स नामक स्मार्टफोन सार्वजनिक गर्ने लागेको जनाएको छ।

ग्यालेक्सी एक्स स्मार्ट फोनलाई प्रयोकर्ताले पट्याएर आफ्नो पकेटमा सजिलै राख्न सक्छन्।

चिनिया सामाजिक सञ्जाल वेबसाइट विइबोका अनुसार यो ग्यालेक्सी एक्स स्मार्टफोन फोल्डेबल जसमा फोर के फिचर भएको स्क्रिनलाई बढाउन सकिने बनाइएको छ।

साथै यसको स्क्रिनमा एमोलेड डिसप्ले र आरजीबी सब पिक्सेल समावेश गरिएको छ। यसले स्क्रीनलाई सधै चम्किलो र सानदार देखाउनेछ।


स्रोतका अनुसार यो सुविधा सन् २०१७ मा सार्वजनिक हुने फ्यागसिप स्मार्टफोनहरु ग्यालेक्सी एस८, एस ८ एज, ग्यालेक्सी नोट सेभेन तथा गयालेक्सी नोट एजमा समेत राखिने बुझिएको छ। - अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.