Websoft University

आगलागीबाट आठ चौपाया गाइ बाछिको भिभत्स रुपमा जलेर मृत्यु


तस्विर - रेडियो मकालु १०२.१ 

- अनुज सापकोटा 

बिराटनगर , वैशाख २६ गते  मोरङको बिराटनगर ५ अच्युत मिल स्थित निर्मल कार्कीक गाइ गोठमा आज बिहान आगलागी भएको छ। बिहान करिब ३ बजेतिर कार्कीको गोठमा अचानक आगलागी भएको हो। आगलागीबाट कार्कीको गोठमा रहेको चार वटा गाई, ३ वटा बाछी, एउटा बाछो जलेर मरेका छन्। आगलागीबाट कार्कीको टिनले बनेको गोठ तथा चौपाया जल्दा अन्दाजी १५ लाख बराबरको क्षती भएको पिडितले बताए। आगलागी विद्युतको सर्टसर्किटबाट आगलागी घरमा रहेका मानिस, छिमेकी , दमकल  कंचनबारी र बरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा नियन्त्रण गरिएको छ।

तस्विर - रेडियो मकालु १०२. १ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.