Websoft University
Latest Post


मोरङ, माघ १३ गते । मोरङको सुनवर्षी नगरपालिका-९ कदमगाछीमा करेण्ट लागेर शनिवार १ जना घाइते भएका
छन् । साँझ साढे ६ बजे घर नजिकै रहेको सब्जीबारीमा मोटरबाट पानी लगाउने क्रममा करेण्ट लागेर सोही स्थान बस्ने बर्ष ७० को हरुप नारायण राजवंशी घाइते भएका हुन् ।

करेण्ट लागेर घाइते भएका राजवंशीलाई उपचारको लागि रंगेली अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


विराटनगर, माघ १३ गते । झापाको दुई स्थानमा शनिवार र आइतवार भएको आगलागीबाट अन्दाजी साढे ११ लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ वटा कुखुरा जलेर नष्ट भएको हो । उक्त आगलागी इलाका प्रहरी कर्यालय सुरुङगा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको हो भने आगलागीको कारण भने खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी झापाकै गौरादह नगरपालिका-बैगुनधारा-९ बस्ने टेक बहादुर खनालको ग्वाली घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा अन्दाजी ९ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार बिहान ४ बजे भएको उक्त आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको १ तले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, २ मन तोरी, ४ वटा चौपाया, फर्निचरको सामान र भाडाबर्तन जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरी चौकी महाभाराले जनाएको छ ।



बिराटनगर / रातो तारा डट कम,आर्थिक बचत तथा ऋण सहकारी संस्था लि. को सातोै वार्षिक साधारण सभा सम्पन्न
भएको छ।

साधारणसभाको उदघाटन सत्रलाइ सम्बोधन गर्दै  सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति गोकुल बहादुर केसीले आफ्ना कुरा राख्नु हुँदै आर्थिक प्रतिबेदन सभामा पेस गर्नु भएको थियो ।

कार्यक्रममा सहकारी सानो भए पनि बैक नै हो हामी सबै मिलेर आर्थिक कारोबार राम्रो गर्दा राम्रो नतिजा आउने भन्दै
अतिथि रामबहादुर केसी, अधिवक्ता राजेन्द्र सुनुवार, दानबहादुर केसी सरद बराल,स्वतन्त्र पत्रकार तेजेन्द्रबहादुर भण्डारी, लेखापरीक्षक काली दास नेपाललेे कार्यक्रममा बोल्दै आर्थिक बचत ऋण सहकारीको साधारणसभा सफलताको शुभकामना दिनु भएको थियो ।

उक्त साधारण सभाबाट सेयर सदस्य का छोराछोरीले  एस इ इ मा उत्कृष्ट अंक ल्याएर पास गर्ने अंशु निरोैला,आयुषा भण्डारी, सेवल सरिङ सुनुवार,अशेष केसी लाई साधारण सभा बाट नगद र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

मनिषा भट्टराईले शुभकामना मन्त्व्य दिनुभएको थियो भने दुर्गा भण्डारीले स्वागत मन्त्व्य दिनु भएको थियो ।
कार्यक्रम संचालन   सन्तोषी सुनुवारले गर्नुभएको थियोे ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.