Websoft University
Latest Post


नेपालगन्ज जेठ २० गते | महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा आज देखि शुरु भएको छ ।

सामाजिक बिकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम शुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याद बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ ।

संस्थाकि अध्यक्ष रमादेबी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको छ ।

सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी थापाले सिपमुलक तालिमबाट सीप बिकास हुने आशा व्यक्त गरिन् ।

गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म संचालन हुनेछ । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन् । तालिममा २० जना सहभागी हुनेछन् ।


काठमाडौं जेठ १८ण गते । नेपालगञ्ज १३ औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ ।

एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा ब्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका साथै ब्रासलेट बनाएरबितरण गरिएकोहो ।

३० जना सहभागीहरु उपस्थित रहेको अभिमुखिकरणमा परियोजना ब्यवस्थापक रमिता शाह र शिक्षा पर्सन मिना घर्तिमगरले महिना चक्रबारे सहभागी महिला तथा किशोरीहरुलाई सहजीकरणगरेकाथिए । 

महिनावारी चक्रबारे अभिमुकिरण पश्चात सहभागीहरुलाई ब्रासलेट बनाउने तालिम दिईयो भने तालिम पश्चात उनीहरुले बनाएका ब्रासलेट सहभागीहरुलाई बितरण गरिएको थियो ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहभागीहरुलाई ब्रासलेट बितरण गरेका थिए । 


सिराहा  जेठ  १८ गते । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा यहि जेष्ठ १५ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित स्थानीय किसान, कृषि व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई स्वागत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति दिलिपकुमार लामाले कृषि क्षेत्रको रूपान्तरणमा यस्ता अन्तरक्रियाको ठूलो रहने बताए ।कार्यक्रममा प्राविधिक तथा व्यावसायिक पक्षमाथि गहन छलफल भएको थियो । 

पशु विज्ञ जगत यादवले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक बन्न र आगामी दिनमा आफ्नो व्यवसायलाई आधुनिक एवं नाफामूलक कसरी बनाउने भन्नेबारे विस्तृत जानकारी गराए भने कम्पनीका अर्का सञ्चालक प्रदिप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना र किसान लक्षित विभिन्न कार्यक्रमहरूमाथि प्रकाश पार्दै कम्पनीले किसान हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

अन्तरक्रियाका क्रममा उपस्थित किसानहरूले आफ्ना व्यावहारिक समस्याहरू राख्दै महत्वपूर्ण सुझावहरू दिएका थिए । किसानहरूले उत्पादित कृषि सामग्री बिक्रीका लागि व्यवस्थित बजार प्रणालीको विकास गर्न, प्राकृतिक प्रकोपबाट बच्न बाली बीमाको व्यवस्था मिलाउन, उत्पादन सुरक्षित राख्न कोल्ड स्टोर (शीत भण्डार) स्थापना गर्न तथा सरकार र बैंकहरूबाट उपलब्ध हुने अनुदानमा आधारित कृषि कर्जाका लागि कम्पनीले समन्वयकारी भूमिका खेलिदिन आग्रह गरेका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.