Websoft University
Latest Post


बिराटनगर । रातो तारा डट कम, प्रेस संगठन मोरङको सपथ ग्रहण कार्यक्रममा आजै, स्व.कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार मोरङका पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ ।

अन्नपूर्ण पोष्टका विराटनगरका संवाददाता पत्रकारलाई उक्त  सपथ ग्रहण समारोहका बिच सो पुरस्कार प्रदान गरिएको थियोे । उनलाई १० हजार १ सय ११ रुपैयाँ नगद राशी सहित पुरस्कार वितरण गरिएकोहो । 

सो पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो ।

सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा समेत पुरस्कृत भईसक्नु भएकाा छन।


शिव भट्टराई,मोरङ रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वार्ड नं १० बस्ने  मनी वहादुर मगरको घर खानतलासी गर्ने क्रममा संकित अवस्थामा सुन्दर हरैचा वार्ड नं ९ बस्ने साफुदिन आलमको शरीरबाट अवैध लागू औषध ३ ग्राम ब्राउन सुगर सहित फेला पारी वार्ड नं १० बस्ने १९ वर्षीय रेखा कुमारी मगर समेतलाई शनिबार पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ।


सुनसरी । रातो तारा डट कम,प्रेस सगठन नेपाल  प्रदेश १ को सफत ग्रहण कार्यक्रम हिजो इटहरीमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा उपप्रधान तथा रक्षा मन्त्री र नेकपाका सचिवालय सदस्य क.इस्वर पोखरेलले कार्यक्रमको उदघान पछि सम्बोधन गर्दै, पत्रकाररिता पेसा दक्षता प्रतिष्ठामा प्रतिबद्ध रहि टु इन को भावनामा हाम्रा पत्रकारले काम गर्नेछन् भन्नुभयो । 

१ नम्बर  प्रदेशका मुख्य मानवीय  शेधन राइले आफू नेकपा को बलियो र इमानदार सिपाही भएकोले आफुले कुनै गल्ती नगरेको भन्दै वाकिका प्रकरणको बारेमा आफै मुख खोले।
आफुलाइ निर्वाचन देखि अहिलेसम्म बिरोधिले फसाउन खोजेको छ । महिले कुनैै प्ररकारको गल्ती नगरेको बताए।

प्रदेश १ का  आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले माथिल्लो तहमा राजनीतिक अस्थिरता को अन्त्य हुनुपर्छ र जनताको भावना बिपरित माथिल्ला नेताले मनपरि गर्न पाइदैन भन्नुभयो ।

प्रेस सगठनका इन्चार्ज  सासद राजेन्द्र गोैतम,प्रदेश १ सुनसरी २ क का सासद  सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिका का मेयर द्वारिक लाल चोैधरी कडा भाइ राख्नु हुँदै शुभकामना दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, नेकपा प्रदेश १का अध्यक्ष देवराज घिमिरे, संयोजक महेश्वर दाहाल, सह सयोजक गणेश बस्नेत,ओम शर्मा ,सह इन्चार्ज,नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइँटेल राजेन्द्र अर्याल, १ नम्बर प्रदेश इन्चार्ज लिला भट्टराई प्रेस सगठन नेपाल का वक्ता समेत वक्ताहरूले शुभकामना दिनु भएको थियोे ।

कार्यक्रम प्रेस संगठन १ नम्बर  प्रदेश संयोजक राजन केडीको अध्यक्षतामा भएको थियो भने स्वागत प्रेस संगठन सुनसरीका अध्यक्ष सिसा राइले गरेका थिए।




MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.