Websoft University

माईजोगमाई अध्यक्ष कप - पाहुना टोली मानेभञ्ज्याङ सेमीफाइनल प्रवेश


रोशन काफ्ले-झापा मंसिर  २२ गते। रातो तारा डट कम, नयाँबजार (इलाम) । माईजोगमाई अध्यक्ष कपमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लब सेमीफाइन प्रवेश गरेको छ । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजार स्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 


खेलको सुरुवाती अग्रता मानेभञ्ज्याङले लिएको थियो । डिबक्सभित्र झापाका गोलरक्षकले फाउल गरेपछि पाएको मौकालाई कप्तान इलाले पेनाल्टी मार्फत गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको झापाले दोश्रो हाफमा गोल फर्कायो । मौसमले अवरुद्ध बनेको खेलको ३५ औ मिनेटमा सब्स्टिच्युट खेलाडी पुजनले खेल बराबरीमा ल्याए । ४३ औ मिनेटमा झापाले अग्रता बनायो । अफ्रिकी खेलाडी योमेले गोल गर्दै झापालाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा मानेभञ्ज्याङका कप्तान इला र सुराग क्षेत्रीले गोल गरेपछि मानेभञ्ज्याङ ३–२ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनायो । झापा २ जना अफ्रिकी खेलाडी सहित मैदान उत्रिएको थियो । खेलको म्यान अफ दि म्याच सुराग क्षेत्री घोषित भए । 

प्रतियोगिता अन्र्तगत भोली (बिहिबार) २ वटा क्वाटरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेलमा रेडहर्ष इलाम र पाँचथर फुटबल क्लब भिड्दैछन् । दोश्रो खेलमा आयोजक रातो र जनता सेभेन सूर्योदयन गरपालिका प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.