Websoft University

फरार अपराधी गवुवा जंगलबाट पक्राउ

 


  श्याम राई-उदयपुर  गाईघाट, २३ भदौ । रातो  तारा डट कम, गाडीका चालक माथि कुटपिटगरि उनको साथमा रहेको रकम लुटपातगरि फरार भएका एक जना पक्राऊ परेकाछन् ।

प्रहरीले ओखलढुंगा चिसङकुगढी गाउँपालिका बस्ने ५४ वर्षिय रमेश कुमार श्रेष्ठलाई बुधबार राती नगद १३ लाख ७७ हजार ८ सय ९५ रुपैया सहित कटारी नगरपालिका–४ स्थित गवुवा जंगलबाट पक्राऊ परेको हो ।

ओखलुढुंगा खाद्य सामाग्री पु्याएर कटारी तर्फ फर्कदै गरेको प्रदेश न.२–०१–००१ च ०३६९ नम्बरको बोलेरो गाडीका चालक कटारी–४ बस्ने २५ वर्षिय प्रकाश श्रेष्ठलाई गर्दनमा ढुंगा प्रहारगरि वेहोस बनाएर उक्त रकम रमेशले लुटेको प्रहरीले जनाएको छ ।

कटारीको वर्मि जंगलमा व्यापारी बनी चालकसँग लिफ्ट मागेर उनी गाडी चढेका थिए । गाडी चढेको केही बेरमै पिसाब फेर्ने वहाना बनाई गाडी रोक्न लगाई उनले सिटमा बसेका चालकलाई पछाडीबाट गर्दनमा ढुंगा हानेर घाईते बनाएका थिए । चालक बेहोस भएको मौका छोपी उनको साथमा रहेको पैसा लुटेर फरार भएका थिए ।

घटना बारे तत्काल जानकारी भए लगतै घाईतेको उद्धारगरि प्रहरीले घटनास्थल आसपास सर्च अभियान संचालन गरेको थियो । बेतेनी प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएका सुरक्षाकर्मीले लुटेरा श्रेष्ठलाई गवुवा जंगलबाट राती १० बजे लुटेको रकम सहित पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.