Websoft University

विश्वमा कोरोना सङ्क्रमितको संख्या आज ७ करोड ५९ लाख ८७ हजार ३ सय ६७ पुगे,


काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम,कोरोना महामारी सुरु भएको एक वर्षहुन लागेको छ । यस अवधिमा विश्वभर कोरोना सङ्क्रमित थपिने क्रम निरन्तर जारीछ । पछिल्लो समय विश्वभर एकैदिन कोरोना सङ्क्रमित थपिने दर  ५ लाख नाघेको छ । 

वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिएका छन् । तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ७ लाख २ हजार ५ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित विश्वभर थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या ७ करोड ५९ लाख ८७ हजार ३ सय ६७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर थप १२ हजार २ सय ३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ८० हजार २ सय ५९ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ३२ लाख ४९ हजार १ सय ८३जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड १० लाख ५७ हजार ९ सय २५ रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.