काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम, न्याय परिषदले एकैपटक १ सय १४ जना न्यायाधीशको सरुवा र पदस्थापन गरेको छ । आज बसेको न्याय परिषदको बैठकले एउटा अदालतमा २ वर्ष सेवा पूरा गरेका १ सय १४ जिल्ला न्यायाधीशको सरुवा गरेको हो भने २९ जना न्यायाधीशको पदस्थापनको सिफारिस गरेको छ । परिषदको सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरुवा गर्नुभएको हो । भक्तपुर, ललितपुर र काठमाडौँका न्यायाधीशको पनि सरुवा भएको छ । त्यस्तै उपत्यकाबाहिरका केही न्यायाधीशहरुको सरुवा काठमाडौँ उपत्यकामा गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीशलाई नै कोरोना संक्रमण पुष्टि भएर क्वारेनटाइनमा बसेपछि अघिल्लो हप्ता नै सरुवाको तयारी गरिएको भएपनि अन्तिम समयमा आएर रोकिएको थियो । चैत ११ देखि सरकारले देशभर लकडाउन गरेकाले अदालत पनि लामो समय बन्द भएका कारण साउनमा हुनु पर्ने सरुवा रोकिएको थियो ।
Post a Comment