शिव भट्टराई,मोरङ भदौ ३१ गते । रातो तारा डट कम, कानेपोखरी गाउँपालिका वडा नं ७ मा रहेको सव डिभिजन वन कार्यलयको वन क्षेत्रबाट रातको समयमा मौका छोपी चोर तस्करहरुले काठ चोरी गरेर ल्याएकोमा वन कर्मचारीहरुले दुई जनालाई सोमबार बेलुका पक्राउ गरेका छन्। उक्त २ जनालाई सव डिभिजन वन कार्यलयका वन कर्मचारीको टोलीले पक्राउ गरेको हो ।
सुन्दरहरैंचा नगरपालिका वडा नं ७ ठडीयामा रहेको जय बजरंगबली काष्ठ उद्योगमा वन कर्मचारीहरु द्वारा अनुगमन गर्दा उक्त मिलमा अनियमित विभिन्न नाप साइजको साल जातको चिरान काठ फेला पारी बरामद गरेको सव डिभिजन वन कार्यलयका प्रमुख लालबहादुर माझीले बताएका छन्। उक्त काठ चोरीमा ७ जना संलग्न भएकोले बाँकी ५ जनाको खोजी कार्य जारी भइरहेको छ भने पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका वडा नं ७ बस्ने समीर परियार र कञ्चनपुर नगरपालिका वडा नं ४ स्थित जगतपुर बस्ने शंकर कुमार यादव रहेका छन्।
पक्राउ पर्ने २ जनालाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यलय सलकपुरको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रमुख माझीले जानकारी दिए ।
Post a Comment