Websoft University

भद्रपुरमा भोलि देखि पीसीआर परीक्षण सुरु हुने


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्थापना भएको पीसीआर प्रयोगशालामा बुधबार अर्थात पर्सीबाट स्वाब परीक्षण सुरु हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले दिनु भएको जानकारी अनुसार काठमाण्डौं र विराटनगरबाट रिएजेन्ट प्राप्त हुनासाथ परीक्षण सुरु गरिने छ । डा. ठाकुरले भन्नु भयो ‘हामी रिएजेन्टको पर्खाइमा छौं, सम्भवत भोली सम्ममा माग गरिएको रिएजेन्ट प्राप्त हुनेछ र पर्सीबाट अस्पतालको दैनिक परीक्षण सुरु हुनेछ ।’  डा. ठाकुरका अनुसार भद्रपुरमा स्थापना भएको प्रयोगशालाले एक पटकमा कम्तिमा ९० वटा नमुनाको परीक्षण गर्नेछ । नमुना परीक्षणको लागि प्राविधिकहरुसंग अनलाईन तथा विभिन्न माध्यमबाट समेत कुराकानी भईरहेको र परीक्षणमा विश्वसनियता ल्याउन विज्ञहरुको सहयोग प्राप्त भईरहेको डा. ठाकुरको भनाई छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.