Websoft University

मोरङ र सुनसरी जिल्लाको बुढिगंगा खोलामा २ स्थानिय तहबिच सिमा बिबाद


शिव भट्टराई,मोरङ बैशाख १०गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीको सिमानामा बग्ने बुढी खोलाको बाढीले २ वर्ष अघि सुन्दरहरैंचा र इटहरी दुवैतर्फ जनधनको क्षति गर्याे ।  

फेरि पनि त्यसरी नै बस्ती जोखिममा पर्ने देखिएकाले जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको बजेटमार्फत् खोलामा तटबन्ध शुरु गरियो । सुन्दरहरैंचा नगरपालिका क्षेत्रतर्फको तटबन्धन कार्यमा इटहरी उपमहानगरपालिकाले गरेको अवरोधप्रति सुन्दरहरैंचाका स्थानीय र जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

इटहरीका मेयर द्वारिकलाल चौधरीसहित उपमेयर लक्ष्मी गौतमले निर्माण कार्य रोक्न दबाब दिएर काममा अवरोध गरेका थिए । नगरप्रहरीसहित स्थानीय र काम गरिरहेका मजदुरमाथि गुण्डागर्दी शैलीमा इटहरी प्रस्तुत भएको सुन्दरहरैंचाको वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । सुनसरीका जनप्रतिनिधि मोरङमा विवाद गर्न आउने अधिकार नभएको र यसरी जनतालाई त्रसित पार्ने गतिविधि तत्काल रोक्नुपर्ने उनले बताए ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको ६७ लाखको लागतमा पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण हुनुपूर्व सो स्थानमा चौपाया पाल्ने गोठ रहेको र त्यहाँ २३ वर्ष अघि गरिएको तटबन्धको पुरानो जाली नै रहेको स्थनीय बताउँछन् । २३ वर्ष अघि गरिएको सो जालीभन्दा पनि भित्र अर्थात् सुन्दरहरैंचाको क्षेत्रतर्फ तटबन्ध गरिएकाले यो विवाद गर्नुको औचित्य नभएको वडाध्यक्ष श्रेष्ठले बताए ।

इटहरी उपमहानगरपालिकाका वडा नम्बर ६, ९, १० र ११ सुन्दरहरैंचाको वडा नम्बर ४ सँग जोडिएको छ । यसभन्दा अघि इटहरी उपमहानगरले इटहरीतर्फ खोलामा तारजाली लगाएको र त्यसमा कुनै अवरोध नगरिएको उनको भनाइ छ । जनताको सुरक्षाको लागि भनेर तार जाली लगाउँदा आफ्नो तर्फबाट अवरोध नगरिएको उनले बताए । अहिले पनि इटहरी तर्फका वडाध्यक्षसँग सम्पर्क गरिरहेको उनले बताए ।

इटहरी उपमाहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूहरु गुण्डागर्दी गर्न नगएको र काम रोक्न अनुरोध मात्र गरेको बताइन् । दुई पालिका बसेर समझदारीमा काम गर्नुपर्नेमा सुन्दरहरैंचाले समन्वय नगरी तटबन्ध निर्माण गर्नु गलत भएको उनको भनाइ छ । यो गैरकानुनी भएको हुनाले सो कार्य रोक्नुपर्ने उनको धारणा थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.