Websoft University

साहित्यकार दिलिप योन्जनबाट ३० परिवारलाई राहत


काठमाडौं बैशाख ३० गते । रातो तारा डट कम,कोभिड– १९ को महामारीले विश्व आतंकित छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन् ।

ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई लकडाउनले आक्रान्त पारेको छ । यही परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार दिलिप योन्जनले सोमबार राहत प्रदान गरेको छ ।

उनले बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ३० परिवारलाई राहत प्रदान गरेको हो ।जसको समन्वय साहित्यकार बिना थिङले गरेकि थिईन ।

उनले करिब ६६ हजार ३ बराबरको राहतस्वरुप चामल, तेल र दाल वितरण गरेको हो ।

लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका छन्, साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपा जस्तो बिलाउँदै गएको छ । त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको हो ।’

अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि अरुको दुःखमा मलम लगाउने उनले यसअघि ०७२ को भुकम्पमा पनि राहत प्रदान गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.