गाईघाट फाल्गुन ८ गते । प्रहरीले ब्राउन सुगर सहित एक जना युवालाई पक्राउ गरेको छ । गाईघाट स्थीत पिपल चौक बाट त्रियुगा नगरपालिका–११ संगम टोल बस्ने १८ बर्षिय राउत श्रेष्ठलाई २० ग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मंगलवार साझ लागुऔषध सहित दुई युवा पक्राउ परेकाछन् । फेनरागन १९ एम्पुल,डाइजेल्याप १६ एम्पुल, नोफिन १५ एम्पुुल र लेवल विनाको ३ एमपुल गरी ५४ एम्पुल लागु औषध सहित त्रियुगा नगरपालिका–११ का २२ बर्षिय प्रशान्त राई र १८ बर्षिय रुपम लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपि विर वहादुर वुढा मगरले बताए ।
Post a Comment