शिव भट्टराई,मोरङ । रातो तारा डट कम,नेपाली जनचेतनामुलक छोटो चलचित्र घृणा को छायाकन सकिए सँगै अब चाँडै युट्युवमा सार्वजनिक हुने भएको छ।बराह टिभि युट्युब च्यानल बाट केही दिनमा सार्वजनिक हुन लागेको यस छोटो चलचित्र ' घृणा ' को सुनसरी र मोरङ का विभिन्न रमणीय स्थानमा छायांकन भएको छ।
यस चलचित्रमा स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, अाकास अधिकारी ,अायुस दाहाल , सामाना भट्टराई , अादेस गौतम , काब्या राई ,भावना भट्टराई, मनोज बिस्ट , होम पि भट्टराई रामजि बिस्ट , बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्।
उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका
छन् ।
यस जनचेतनामुलक छोटो चलचित्र घृणा ' मा अपाङ्गहरुले भोग्नु परेको पीडाहरुको विषयमा चित्रण गरिऐको भट्टराईले बताएका छन् भने उक्त चलचित्रका निर्माता , छायांकन साथै सम्पादन खड्ग लिम्बुले गरेका छन्।
Post a Comment