Websoft University

निर आले र बर्षाको अभिनयमा ”स्याङजाली माया ” भिडियो सहित




काठमाडौ । रातो तारा डट कम,नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ  । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन ।

गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ ।

मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी भुल्न नसक्ने कुरा गीतमा गरिएको छ  । रमेश रानाको शब्द सिर्जना तथा लय सिर्जना र मान बहादुर बराल मगरको एरेन्ज गीतमा रहेको छ  । 

सुशिल डाँगीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ  । ”स्याङजाली माया ” गीतको भिडियोमा निर आले , बर्षा थापा र विशाल गुरुङको अभिनय तथा नृत्य रहेको छ  ।
”स्याङजाली माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.