विराटनगर, मंसिर १८ गते । रातो तारा डट कम, तीन करोडको लागमा विराटनगर– १९ मलिनचौक स्थित सुविधा सम्पन्न सामुदायिक भवन बन्ने भएको छ । राधाकृष्ण सनातन समिति तथा राधाकृष्ण प्रणामी मन्दिरले तीन तले सुविधा सम्पन्न राधाकृष्ण सामुदायिक भवन निमार्ण गर्ने भएको हो ।
मन्दिरको १८ कठ्ठा रहेको जमिन मध्ये ढेड कठ्ठामा बन्ने भवनको शिलन्यास बुधबार एक समारोहको बिच गरिएको छ । भवनको शिलन्यास जगतगुरू १०८ आचार्य श्री कृष्णमणिजि महराजले गरेका थिए । ४१ सय स्कुवाइरफिटमा बन्न लागेको सामुदायिक भवनमा पहिलो तलामा सुविधा सम्पन्न सभाहल बन्ने राधाकृष्ण सामुदायिक भवन निमार्ण समिति अध्यक्ष हरि प्रसाद ढकालले जानकारी दिए ।
निमार्ण भएको तीन वर्षमा बनाइसक्ने गरि पुसको पहिलो सातादेखि भवनको काम सुरु हुने अध्यक्ष ढकालले बताए । शिलन्यास कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले स्थानिय सामुदायहरू लभाविन्त हुने भवन निमार्णमा सबैको साथ सहयोगले बनाउन लाग्नुपर्ने बताए । उनले महानगर भित्र बन्ने सामुदायिक भवन निर्माणमा विराटनगर महानगरपालिकाले पनि सहयोग प्रदान गर्ने प्रमुख पराजुलीको भनाई थियो ।
Post a Comment