काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली अझैं केहिदिन अस्पतालमै रहनु हुने भएको छ । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएपनि अस्पतालले मेडिकल अब्जरभेसनका लागि अझैं केहिदिन अस्पतालमै रहन सुझाव दिएको छ । स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्जको तयारी भइरहेको चर्चा चले पनि प्रधानमन्त्री ओली अझै एक दुई दिन अस्पतालमै बस्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आज एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीलाई मेडिकल अब्जरवेसनमा राखिएको जानकारी दिनुभएको छ ।
Post a Comment