Websoft University

सुन्दरहरैचाको गछियामा वडा स्तरिय फुटबल खेल हुँदै।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्य समिति सुन्दरहरैचा को आयोजनामा यहि पौष ६ गते देखि १९ गते सम्म सुन्दरहरैचाको वाड नं ७ स्थित गाछियाको खेल मौदान मा वडा स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ।

स्थानिय खेलाडी लाई फुटबलमा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उद्देश्यका साथ आयोजना गरिएको सो फुटबल प्रतियोगिता मा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी हुने छन्।
  
खेल मा प्रथम हुने टिम लाई रु ५१ हजार साथमा सिल , मेडल र प्रमाणपत्र  यस्तै दिस्रो हुने टिम लाई २६ हजार साथमा सिल मेडल र प्रमाणपत्र पुरस्कार रहेको साथै प्रत्येक खेल मा म्यान अफ त म्याच खेलाडी घोषणा गरी पुरस्कार दिने  आयोजक समिती का उपाध्यक्ष नवीन बराल ले बताउनु भयो।

सुन्दरहरैचा ३ मा रहेका पूर्व खेलाडी नविन बराल बिगत २० बर्ष देखि फुटबल मा निरन्तर खेल खेली आज सम्म खेल जीवन मै समर्पित भएका बराल ले बुढासुब्बा गोल्कप , झापा गोल्कप  , महेन्द्र गोल्कप हिरेन्द्र गोल्कप जस्ता राष्ट्रिय स्तरका खेल खेली थुप्रै पुरस्कार हात पारी सकेका छन्। 

यस्ता खेलहरु आयोजना गर्दा नयाँ नयाँ खेलाडि जन्मने र स्थानीय खेलाडी ले राष्ट्रिय स्तरमा स्थान पाउने र परिचित हुने हुँदा सो खेल को आयोजना गरिएको उहाँ बताउनु हुन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.