बिराटनगर पुस ५ गते । रातो तारा डट कम,एनएमबि बैंकको बित्तीय साक्षरता अभियान आज सम्पन्न भएको छ। सो अन्तरगत आज प्रदेश नं. १ कार्यालयले प्रदेश नं. १ भित्रका विभिन्न शाखाहरुको सहभागितामा झापाको दमक नगरपालिकाको विभिन्न वडाहरुमा बित्तिय साक्षरता, बित्तीय परामर्श, महिला उद्यमि कर्जा तथा अन्य कर्जा सम्बन्धि जानकारी मुलक कार्यक्रम भयो ।
बचत गर्ने बानिको विकास गरौ भन्ने नाराका साथ एक–घर–एक खाता घरदैलो कार्यक्रम पनि आजै गरियो । घरदैलो कार्यक्रम अन्तरगत २००० भन्दा बढी व्याक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी वित्तीय सचेतना, ५०० वटा बचत खाता संकलन र १८० जनालाई विभिन्न किसिमका कर्जाहरुको बारेमा जानकारी गराइएको थियोे ।
कार्यक्रमका संयोजक प्रकाश निरौलाले दिएको जानकारी अनुसार यस्ता कार्यक्रमहरु प्रदेश अन्तरगत अन्य विभिन्न स्थानहरुमा समेत नियमितरुपमा सञ्चालन गरीने समेत प्रदेश नं. १ प्रमुख उत्सव घिमिरेले जानकारी दिएका छन् ।
Post a Comment