काठमाण्डौ पुस ६ गते । रातो तारा डट कम,नेकपाको केन्द्रीय समिति बैठक पुस २० बाट बस्ने भएको छ । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पुस २० गतदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिनुभयो । नेकपाका अध्यक्षद्वयले माघमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेपनि स्थायी समिति सदस्यले केन्द्रीय समिति बैठकको माग गरेपछि पुस २० गते नै बैठक बोलाइएको हो । पार्टी एकतापछि नेकपाले पहिलो पटक एजेन्डामाथि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागेको हो । यसअघि शपथ ग्रहण र परिचयात्मक कार्यक्रममा केन्द्रीय समितिका सदस्यलाई आमन्त्रण गरिएको थियो । नेकपाले केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको छ । नेकपामा चार सय ४५ जना केन्द्रीय सदस्यछन् ।
श्री
Post a Comment