उदयपुर, पौष ३ गते । रातो तारा डट कम,उदयपुरको उदयपुरगढी गाउँपालिका(३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको क्प्ण्ज्ञएद्य घण्टड नम्बरकोको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका(३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष(६१ को टिक नारायण श्रेष्ठ, बर्ष ४७ को ढक बहादुर मगर , बर्ष ४७ को मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । साथै मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पूर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किम बस्ने बर्ष २८ को पवन राईलाई उपचारकोलागी नोवेल अस्पताल विराटनगर ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Post a Comment