Websoft University

तीन बुर्दे सहमति कार्यान्वयन गर्न परिवार दलको माग

काठमाण्डौ । रातो तारा डट कम, नेपाल परिवार दलको केन्दीय समितिको बैठक काठमाण्डौमा बुधबार बसेको छ । उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागितामा भएको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचन २०७४ को शिलशिलामा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भएको तिन बुदे सहमतिको कार्यन्वयन गर्नको लागि हालको नेकपा तथा सहमतिमा हस्ताक्षर कर्ता प्रधानमन्त्री केपी शर्मा ओलीे गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टी सचिव गोबिन्द नाथ मिश्रले जानकारी दिए । 

दलले तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भयको ३ बुदे सहमतिको कार्यन्वयनको आग्रह गदै गत निर्बाचनको बेलामा परिवार दलले तीन बुदे सहमति गरि वाम गठबन्धनलाइ सघाएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख भएको गरिएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले समान दृष्टिकोण, मुद्धा तथा लक्ष्य भएका विभिन्न राजनैतिक दलहरु, स्वतन्त्र व्यक्तित्व तथा समूह लगायत संग बार्ता गरि सहकार्य, एकीकरण वा पार्टीमा प्रवेश गराउन महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा राजनैतिक बार्ता समिति गठन गरेको छ ।

 समतिका ददस्यहरुमा रुपसिंह भण्डारी, गणेश कुमार श्रेष्ठ, रामचन्द्र चौधरी, बिजय राज कट्टेल रहेका छन् । त्यस्तै गरी बैठकले पूर्व सांसद मिलन राजबंशीको संयोजकत्वमा सामाजिक बार्ता समिति पनि गठन गरेको छ जसका सदस्यहरुमा लक्ष्मी प्रसाद भण्डारी, राजेश कुमार बिष्ट रहेका छन् । बैठकले कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपालको भूभाग समाबेश गरि नेपालको नक्शा प्रकाशन गर्न तथा नेपाली भूमिको पुर्णरुपमा संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्ण समेत गरेको छ । बिदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि सोहि देशबाट मतदान गर्न पाउने

व्यवस्था मिलाउन निर्बाचन आयोग तथा नेपाल सरकार संग आग्रह गर्ने .साथै राष्ट्रसेवक कर्मचारीहरुले पनि निर्बाचनको शिलशिलामा आँफु काजमा खटिएको स्थान बाटनै समानुपातिक तर्फको मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकार संग आग्रह गर्ने निर्णय गरेको छ । बैठकलदे राष्ट्र ब्यापी रुपमा पार्टीको प्रशिक्षण, सदस्यता वितरण तथा संगठन विस्तार गर्न दलको सबै तह र तप्का क्रियाशील रहने गराउने निर्णय गदै प्रशिक्षणको लागि केन्द्रिय सदस्यहरु रुपसिंह भण्डारी,लक्ष्मी प्रसाद भण्डारी, अशोक कुमार चौधरी लाइ खटाउने निर्णय गरेको बैठकमा सहभागि केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै बेठकले देशभरी चिसो मौसमका कारण पिडित नागरिकहरुलाई आबश्यक सहयोग गरि जाडोबाट सुरक्षित हुने ब्यबस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने पछिल्लो समयमा मुलुकको विभिन्न क्षेत्रमा भयको सबारी दुर्घटनामा परि ज्यान गुमयाका नागरिकहरु प्रति समबेदना ब्यक्त गर्दै घाइते हरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने . साथै सबारी दुर्घटना हुन वाट रोक्न आबस्यक प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्तिसुरक्षा, जनजीविका, शुशाशन तथा समाबेशी बिकासको सरकारसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.