Websoft University

नागरिकता संशोधन सम्बन्धी कानुनविरुद्ध हिंसा भडकियो–प्रदर्शनमा ६ जनाको मृत्यु


काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,भारतमा विवादास्पद नागरिकता संशोधन सम्बन्धी कानुनविरुद्ध भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो । 

प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । ३२ प्रदर्शनकारी र आठ भन्दा बढी प्रहरी पनि घाईते भएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् । 

नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै चर्किएको आन्दोलनमा १३ जनाको मृत्यु भैसकेको छ । विगत दुई हप्तादेखि भारतमा आन्दोलन जारी छ । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेश गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र ईसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । 

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।अंगीकृत नागरिकताका लागि भने ६ वर्ष मात्र बसेको वा काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.