काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम,जिल्ला कारागार कालीकोटका ५२ जना कैदीहरुलाई महावै गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले २६ सेट सिरक डसना वितरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले आफ्नो ब्यक्तिगत लगानीमा कैदीहरुलाई सहयोग गर्नुभएको हो । सिंहले अन्य ब्यक्तिहरुले फलफुल तरकारी,चामल,खसी वितरण गरेपनी आफुले चिसो मौषममा कैदीहरुको पिडालाई मध्यनजर गदै सिरक डसना वितरण गरेको बताउनुभयो । चिसोमा सिरक डसना पाएसंगै उनीहरु खुसी भएका छन् ।
Post a Comment