Websoft University

डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी


काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम, नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो । गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए । हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक–पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.