काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको समिक्षा सहितको प्रतिबेदन पेश गर्न निर्देश्न दिएको छ । उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समिक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिइएको हो ।
पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपचुनाव सम्बन्धमा तल्ला कमिटीको रिपोर्टसहित समिक्षा हुने बताइएको छ ।
सचिवालय बैठकमा उपचुनावमा सामान्य समिक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।
Post a Comment