Websoft University

डिसेम्बर १८ लाई अन्तराष्ट्रिय आप्रवासी दिवस मनाइदै, तर नेपालमा भने भारत तिरबाट आप्रवासीहरुको संख्यमा दैनिक ओइरो लाग्दै–सरकारले रोक्नु पर्यो


काठमाण्डौं पुस २ गते । रातो तारा डट कम,आज विश्वभरी अन्तराष्ट्रिय आप्रवासी दिवस मनाइदैछ,अहिले नेपालमा आप्रवासीहरुको संख्य दैनिक जस्तो बिनारोक ढोक ढ्डेर यहाँको जनसंख्यानै अल्पमतमा पर्न थालिसकेको पाईन्छ । आज यो दिवस नेपालमा पनि मनाईदैछ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय महासन्धि पारित गरेको अवसर पारी हरेक बर्ष डिसेम्बर १८ लाई अन्तराष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । 

आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदा औपचारिक रुपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरु गरिन्छ । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएकोछ । 

संयूक्त राष्ट्रसंघको ६८ औं सधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्रा्ष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेकोछ । तर नेपालमा भने यसको खासै असर परेको पाइदैन्न । 

नेपालको दखिन तिरको सीमा खुल्ला भएकै कारण सार्क मुलुक भरीका मानिस भारत हुँदै आप्रवासीहरु सिधै विना रोकढोक नेपाल आइरहेका छन यो गलत भएकाले सरकारले कुनै कद नउठाए केहि वर्षमा नेपालको जनसंख्य अहिलेको भन्दा दोवर हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.