काठमाण्डौं पुस २ गते । रातो तारा डट कम,पार्टी भित्रको विवाद् समाधानका लागि काँग्रेस नेताहरु छुट्टा छुट्टै छलफलमा जुटेका छन् । आज विवाद मिलाउनेगरि महाधिवेसनको कार्य सूचीसहित बैठक बस्दैछ । सभापति शेर बहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेलको अडान पछि महाधिवेसनको कार्यसूचीमा छलफल गर्न तयार हुनुभएको छ ।
सभापति देउवाले भातृसंस्था नेविसंघ र तरुण दलको म्याद थप्न गृहकार्य गरिरहेका बेला रामचन्द्र पौडेल पक्षधरका नेताहरुको हिजो पनि छुट्टै बैठक बसेको थियो । बैठकमा तरुण दल र नेविसंघमा आफूपक्षीय रणनीति बनाउन छलफल भएको थियो ।
नेविसंघको विशेष भेलामा काँग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशी, बद्रि पान्डे र कल्याण गुरुङले संयोजन गर्नुभएको थियो ।
Post a Comment