Websoft University

प्रहरी हवल्दारले भेटेको नगद रुपैया सम्बन्धीत व्यक्तीलाइ फिर्ता दिए


 श्याम राइ गाइघाट उदयपुर मंसिर १७ गते । रातो तारा डट कम,जिल्ला अदालत उदयपुरमा कार्यरत प्रहरी हवल्दार हिरा खड्काले आफुले भेटेको नगद रुपैया जिल्ला न्यायाधिस दिपक खनालको रोहवरमा मंगलबार सम्बन्धीत व्यक्तीलाइ फिर्ता दिएकी छिन् । उदयपुरको त्रियुगा नगरपालीका ११ संगम टोलका यादव कुमार मगर को हराएको पर्स कार्यालय अघि फेला पारी उनलाइबोलाएर फीर्ता गरेकीे हुन् । स ११ प ५५६८ नम्बरको स्कुटर चढेर बोक्से आएका उनको गोजीबाट पर्स बाटोमा खसेको थियो । पर्स भेटे लगत्तै उनले न्यायाधिस खनाललाइ बुझाएकी थिइन् । मगरको पर्समा नगद २२ हजार ७८५ रुपैया , ६५ हजार को चेक,एटीएम र अन्य कागजपत्र रहेको थियो । न्यायाधिस खनाल को कार्यालयमा भेटीएको पर्स फीर्ता दिने क्रममा हवल्दार खड्कालाइ उनले विशेष धन्यवाद दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.