Websoft University

प्रहरीले अवैध गाजा खेती नष्ट गर्यो


गाइघाट मंसीर १७ गते । रातो तारा डट कम,प्रहरीले अवैध गाजा खेती नष्ट गर्ने क्रममा उदयपुरको बेलका नगरपालीकाको विभिन्न ठाउबाट ४ कट्ठामा लगाएको ८६ हजार गाजाको बोट फडानी गरेको छ । बेलका स्थीत रानीटार, बबुबर,तीत्रिबोट, धुरधरे, घारेघाट, माझीगाउ, बासीखोप, पुवारे थुम्का, र लामीडाडाका स्थानिय बासीन्दाले लगाएको गाजा खेती प्रहरीले एक साता लगाएर फडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख एसपि बीर बहादुर बुढा मगरले बताए । स्थानियले राम्रो मुनाफा हुने देखेर विगत केही वर्ष देखी उक्त ठाउमा गाजा खेती गर्दै आएको प्रहरीले जनाएको छ । स्थानिय प्रशासनले प्रहरी लगाएर गाजा खेतीलाइ नि?त्साहीत गर्ने उद्देश्यले वर्षेनी फडानी गर्दै आएको छ । तर पनी अवैध गाजा खेती नियन्त्रण हुनुको साटो झनै बढ्दै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.