काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम,न्याय परिषद्ले रिक्त ७ जिल्ला न्यायाधीशमा सिफारिस गरेकोछ । सिफारिसमा परेका सबैलाई नियुक्त समेत गरिएकोछ । आज बसेको परिषद्को बैठकले देशभरका अदालतमा कार्यरत रहेका कर्मचारीबाट न्यायाधीश सिफारिस गरेको हो । सर्वोच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि बसेको बैठकले जिल्ला न्यायाधीशमात्र सिफारिस गरेकोहो । परिषद्ले गेहेन्द्रराज पन्त,विद्याराज पौडेल,महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा ,मनकुमारी जिएम विक र रिता कुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्त समेत गरेकोछ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीहरुलाई सिफारिस गरेको हो ।
Post a Comment