Websoft University

त्रियुगा नगरपालिका १६ शाहीखोलामा झाडावान्ताबाट १५ जना विरामी परे


श्याम राई गाइघाट पुस ३ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका १६ शाहीखोलामा झाडावान्ताबाट १५ जना विरामी परेका छन् । स्थानिय ६९ वर्षिय नरेन्द्र कार्की सहित उनका परिवारका तीन जना विहीबार झाडावान्ताबाट विरामी परे लगत्तै गाउमा झाडावान्ता फैलीएको थियो । 

अहिले गाउभरीमा १५ जना झाडावान्ता बाट विरामी परेकोमा उनीहरुलाई वडा कार्यालयको सहयोगमा जिल्ला अस्पतालमा उपचारको लागि भर्ना गरीएको वडा अध्यक्ष मान बहादुर राई ले बताए । झाडावान्ता को कारण अझै खुल्न नसकेको उनले बताए । दुषित पानी पिएकै कारण झाडावान्ता फैलीएको हुन सक्ने चिकित्सकले आसंका गरेको वडा अध्यक्ष राइले बताए ।

 स्थानिय बासीन्दाहरु ट्युवेल र धाराको पानी पिउदै आएका छन् झाडावान्ताको कारण पत्ता लगाउन त्रियुगा नगरपालीकाले गाउलेह?ले प्रयोग गर्दै आएको पानी परिक्षणको लागी खानेपानी तथा ढल निकास आयोजना व्यवस्थापन विभाग विराटनगरलाई पत्रचार गरेको मेयर बलदेव चौधरीले बताए । अस्पताल भर्ना भएका विरामीलाई आवश्यक औषधी सहीतको उपचारको व्यवस्था त्रियुगा नगरपालीकाले मिलाएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.