Websoft University

नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशन बिराटनगरमा


बिराटनगर पुस ३ गते । रातो तारा डट कम,भिजिट नेपाल– २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।

नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको आज  पानसमा बती बालेर  अनि क्यामरावाट फोटो खिचेेर उद्घाटन गर्दै उनले नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय ,धार्मिक, प्राकृतिक, हिमाली क्षेत्रको प्रचारप्रसार विश्व छिमकी तथा विश्वसामू गरि समृद्ध नेपाल बनाउन सार्थक भूमिका खेल्न आग्रह समेत गर्नु भयो ।

फोटो पत्रकारहरुले देशलाई सहीवाटोमा ल्याउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री राईले हामीले लेखेको संविधानमा समग्र देशको विकास रसमृद्ध कायम गर्नका साथै सवै हक अधिकार र पेशको सुरक्षाको प्रभावकारी कार्यान्वयन हुने विश्वास
दिलाए ।

मुख्यमन्त्री राईले मुलुकको व्यापार घाटा न्यूनिकरणका लागि चियाको गुणस्तरकायम गरि निर्यातका लागि इलाममा चिया विकास टेष्ट कार्यालय स्थापना गरिएको जानकारी दिदै बङ्गलादेशसंग कृषि उत्पादन निर्यातका लागि महत्वपूर्ण व्यापारिक छलफलका लागि आज राजदूत तथा अधिकारीसंग छफलफल कार्यक्रम राखिएको बताए

मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रचारका लागि फोटो पत्रकारलाई भ्रमणमा सवै प्रकारको सहयोग प्रदान गर्न प्रतिद्धता व्यक्त गरे ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीहरुले मन्त्री तथा नेताहरुको कमी कमजोरी तथ्यसहित समाचार सम्प्रेषण गरेमामा मुलुकमा सुशासन कायम हुने बताए । उन लेख्ने भन्दा फोटो पत्रकार शसक्त हुने बताउदै दुरदराजका ग्रामीण क्षेत्रमा भएका विकास र सामाजिक परिवर्तनका भएको कार्यलाई समट्न समेत आग्रह गरे ।

मन्त्री कार्कीले प्रदेश सरकार पत्रकारको सुरक्षाप्रति चिन्तित रहेको छ भन्दै सरकारले कार्यविधि वनाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक पत्रकारहरुको जीवनयापनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष नीति ल्याउनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश विष्टले जनआन्दोलन सफल वनाउन सहभागी पत्रकारहरुले अहिले पनि आप्नो हकअधिकारीका लागि आन्दोलन गर्नु परेकोमामा आक्रोश व्यक्त गर्दै महासंघ फोटो पत्रकारलाई प्राविधिक दक्षता प्रदान आवश्यक तालीमको आयोजना गरिरहेको
बताए ।

नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्कीले मुलकमा सुशासन कायम गर्न क्यामरा प्रयोग गर्न आग्रह गरे ।

फोटो पत्रकार महासङ्घका केन्द्रीय सभापति ध्रुव आले, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का मोरङ अध्यक्ष ऋषि पोखरेल, नेपाली काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरे, फोटो पत्रकार महासङ्घका महासचिव हरि रेग्मी, प्रदेश प्रमुख बेदराज पौडेल, नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल,मोरङ अध्यक्ष बन्धु पोखरेलले नेपाल भ्रमण वर्ष पूर्व सन्ध्यामा भएको यस कार्यक्रममले सकारात्मक सन्देश दिने र समृद्ध पत्रकार बनाउनुका लागि ‘पत्रकार मैत्री कानून ’निर्माण गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका दुई जना वरिष्ठ पत्रकारहरु मोहन भण्डारी र हर्ष सुव्वालाई जनही २१ हजार एक सय नगद सहित दोसल्ला ओढाएर सम्मान गरे ।

महाधिवेशनमा ६४ जिल्लाका दुई सय प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेकोो थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.