धनकुटा, मंसिर १९ गते । रातो तारा डट कम,धनकुटाको चौबिसे गाउँपालिका(७ एक्लेबर स्थित राजारानी(मौनाबुधुक भित्रि कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुधबार बेलुका ७ बजेको समयमा सोही गाउँपालिका(५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा लाइ सडकमा हिडीरहेको अवस्थामा को।२।च।३२२३ नंबरको पिकअप गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ ठक्कर दिने सवारी साधनको खोजतलाशमा खटिएको अस्थायी प्रहरी चौकी मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानीको प्रहरी टोलीले ठक्कर दिएर फरार रहेको उक्त पिकअप चालक धनकुटाको साँगुरीगढी गाउँपालिका(५ लाप्चेटार बस्ने बर्ष २३ को राजेन्द्र बि।क र पिकअप लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Post a Comment