Websoft University

भारतमा जारी विरोध प्रदर्शनले उग्रह रुप लिदै–मृत्यु हुनेको सङ्ख्या २० पुग्यो


काठमाण्डौ पुस ६ गते । रातो तारा डट कम,भारतमा जारी विरोध प्रदर्शनमा परि मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । भारत सरकारले ल्याएको नागरिकता सम्बन्धी संशोधन विधेयकको विरोधमा पछिल्लो एक सातामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको भारतीय गृह मन्त्रालयले जनाएको छ । भारतले सरकारले ल्याएको नागरिकता सम्बन्धी संशोधित कानूनमा छिमेकी देशबाट शरणका लागि भारत आएका हिन्दु, जैन, बौद्ध, सिख, पारसी र ईसाई समुदायलाई पनि भारतीय नागरिकता दिने प्रावधान गरिएको छ । भारत सरकारले ल्याएको यो विधेयकको विरोधमा असामबाट सुरु भएको विरोध प्रदर्शन गुवाहाटी, बंगाल, दिल्ली हुँदै महाराष्ट्र र विजनौरसम्म पुगेको छ । भारत सरकारले विरोध प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनकारीलाई संयम रहन आग्रह गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.