Websoft University

सुन्दरहरैचाको गछियामा भएको वडा स्तरिय फुटबल खेलको उद्घाटन खेलमा वार्ड नं ४ विजयी


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचाको गछियामा भएको वडा स्तरिय फुटबल खेलको उद्घाटन खेलमा वार्ड नं ४ विजयी

बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा आज बाट सुन्दरहरैचा को वाड न ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदान मा वडा स्तरिय नकाउट फुटबल प्रतियोगिता आइतबार बाट सुरु भएको छ। स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी हुने भएका छन्।


प्रतियोगिताको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । कार्यक्रम मा वोल्दै मेयर ढकाल ले स्थानीय खेलाडी र स्थानिय स्तर मा खेल आयोजना गर्ना ले नगर कै गरिमा उच्च  हुँदै गएको बताएका थिए र सम्पुर्ण खेलाडी लाई अग्रिम बधाइ दिदै ढकाल ले आफ्नु तर्फ बाट साथै नगर को तर्फ बाट खेलकुद क्षेत्रमा  गर्न सक्ने सहयोग हर कदम गर्ने बताएका थिए। 

कार्यक्रममा बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दर हरैचा खेलकुद कार्य समितिका अध्यक्ष लक्ष्मी चौधरीको सभापतित्व रहेको थियो।यस्तै कार्यक्रमको विशिष्ट अतिथीमा बिपी अध्ययन प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय सदस्य तेज प्र सिटौला रहेका थिए भने अतिथी हरु मा भक्ति सिटैला, वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य सिटौला,वार्ड नं ४ का अध्यक्ष सैलेन्द्र श्रेष्ठ , वार्ड नं ३ का अध्यक्ष जीवन ढुंगाना, बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दर हरैचाका अध्यक्ष  रञ्जन ओझा लगायत जनप्रतिनिधि, खेलकुद प्रेमी समाजसेवि र बुद्धिजीवी को उपस्तिथि रहेको थियो।

गछिया खेलमैदानमा आज भएको उद्घाटन खेलमा वडा नम्बर ४ र ६ बीच कडा प्रतिश्पर्धा भएको थियो। खेलमा १ का विरुद्ध २ गोल गर्दै  वाड नं ४ ले जित हासिल गरेको छ भने आज को खेल मा वाड न ४ कै खेलाडी मुकेश चौधरीलाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई गछिया जेसिजका अध्यक्ष बोधराज रिजालबाट पुरस्कार प्रदान गरिएको आयोजक समितिका उपाध्यक्ष नविन बरालले बताएका छन्।त्यसैगरी भोलि को खेलमा वाड नं ११ र ७ बिच प्रतिस्पर्धा हुने छ।प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.