Websoft University

आगलागीबाट ६३ लाख बराबरको क्षती


खोटाङ, पौष १ गते । रातो तारा डट कम,खोटाङको खोटेहाङ गाउँपालिका-७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिधुत सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ । आज बिहानको राती साढे १ बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको छ साथै सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई मोबाईल पसल गर्नेसोही गाउँपालिका-६ कात्तिके बस्ने रमेश राईको मोबाईल पसलमा भएको  १८ लाख बराबरको सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा ६३ लाख बराबरको क्षती भएको 
छ । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीहरुको सहयोगमा बिहान ३ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.