Websoft University

काठमाडौंको सर्वनाम थिएटरमा नवोदित प्रस्तुत


विराटनगर, मंसिर २५ गते । रातो तारा डट कम,पत्रकारितासँगै साहित्यमा सक्रिय विराटनगरका कवि मीनकुमार नवोदित काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रस्तुत हुने भएका छन् । काठमाडौंको प्रतिष्ठित संस्था सर्वनाम थिएटर र श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले हरेक महिनाको !

गते दुईजना कविलाई उभ्याउने गरेको छ । विगत लामो समयदेखि यो शृंखला जारी छ । जहाँ नेपालसँगै प्रवासी चर्चित कविहरू प्रस्तुत भइसकेका छन् । सर्वनामले पुसको शृंखलामा नवोदितलाई प्रस्तुत गर्न लागेको हो । सर्वनाम थिएटर र श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले संयुक्त सूचना जारी गरेर नवोदितसहित दार्जेलिङका कवि नुहाङ्ग
राईलाई प्रस्तुत गर्न लागेको जनाएको छ ।

नवोदित विगत दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । कविता, गीत, गजल, समीक्षालगायतमा कलम चलाउँदै आएका नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ २०५७० ‘झरीले रुझेको गाउँ’ २०७० दुईवटा कवितासंग्रह प्रकाशित छन् । उनले सम्पादन गरेका विभिन्न पुस्तक पनि प्रकाशित भएका छन् । “काठमाडौंभन्दा बाहिर बसेर साहित्य सिर्जनामा सक्रिय हामीजस्ता युवाका लागि यो ठूलो अवसर हो,” नवोदितले भने, “थप सिर्जनामा लाग्न हौसला मिलेको छ ।” 

सर्वनाममा प्रस्तुत हुनुलाई स्रष्टाहरुले गौरवसँगै ठूलो अवसरका रुपमा लिने गर्दछन् । पुस १ गते मंगलबार हुने कार्यक्रममा नवोदितले एक दर्जन आफ्ना चर्चित कविता प्रस्तुत गर्नेछन् । यसअघि नवोदित काठमाडौंकै राष्ट्रिय नाचघर (सांस्कृतिक संस्था), पोखराको गन्धर्व थिएटरलगायतमा प्रस्तुत भइसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.