Websoft University

विराटनगरमा नमुना पार्कको उद्घाटन - समयसिमा अगावै काम सकाएको भन्दै कालिका कन्ट्रक्सन सम्मानित


विराटनगर, साउन १६ गते । रातो तारा डट कम,सघंन शहरी विकास कार्यक्रम अन्तरगत विराटनगर महानगरको समन्वयमा राजबंशी चोक पश्चिम खारजी सडकमा बनेको पार्कको उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका वीच विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले खारजी ग्रीन पार्कको उद्घाटन गरेका छन् । झण्डै २ कठ्ठा क्षेत्रफलमा बनेको पार्कमा दुइ आरामस्थल बनाएका छन् भने विभिन्न प्रकारका वृक्षहरु लगाएका छन् । नमुनाका रुपमा बनेको पार्क कालिका कन्ट्रक्सनले विराटनगर महानगरको समन्वयमा बनाएको हो ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले विराटनगरका १९ वटै वडामा एक पार्क निर्माणको योजना महानगरपालिकाले बनाएको बताए । शहरको सौन्दर्य बढाउने यसखाले पार्क सहित उचित स्थानमा शौचालय थप गर्दे जाने बताए । बनेका सम्पदाको संरक्षण महानगर एक्लैले गर्न नसक्ने भन्दै पराजुलीले महानगरवासी सवैले साथ सहयोग गर्न आग्रह गरे ।

 विग्रेका कुराको समयमै जानकारी दिन र जनप्रतिनिधिहरुलाई घचघचाउन समेत आग्रह गरे । उनले हरेक पार्कहरुमा फ्री वाइ फाइको व्यवस्था गरिने बताए । मेयर पराजुलीकै सक्रियतामा विराटनगरका विभिन्न चोकहरुमा फ्री वाइफाइ समेत जडान भइसकेको छ ।

यस्तै विराटनगर उपमेयर ईन्दिरा  कार्कीले नगरको सरसफाईमा पनि नगरवासीको भुमिका महत्वपुर्ण हुने भएकोले महानगरलाई साथ दिन आग्रह गरिन् । पार्क निर्माण भए संगै नगरको सौन्दर्य बढ्ने र यसको संरक्षण गर्ने दायीत्व  टोलवासीको बिशेष रहने कार्कीले बताइन । 

पार्कलाई ब्यवस्थित गर्ने र नभएका ठाउँमा नयाँ पार्क बनाउने अभियान सहित महानगरले विभिन्न स्थानलाई छनौट समेत गरिसकेको छ । यसैवीच विराटनगर महानगरले समय सिमाभन्दा पनि चाढो र उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै कालिका कन्ट्रक्सन र कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर उज्जल प्रसाइलाई सम्मान समेत गरेको छ ।

सघंन शहरी विकास कार्यक्रम अन्तरगत कालिका कष्ट्रक्सनले विराटनगरमा १ पार्क सहित १६ किलोमिटर कालोपत्रे ,३२ किलोमिटर आर सी.सी ड्रेन निर्माण,४ सय ४० वटा सोलार जडान सहित विराटनगरका विभिन्न वडाहरुमा काम गरेको
छ । कन्ट्रक्सनले २ सय ५ दिन अगावै काम सकेको कन्ट्रक्सनका सुपरभाईजर उज्जल प्रसाईले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.