काठमाण्डौ जेष्ठ २८ गते । रातो तारा डट कम,आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दक्षिण अफ्रीका र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा भईरहेकोछ । साउथह्याम्प्टनमा वेष्ट इण्डिजले टस जितेर पहिले फिल्डिङ गरेकोछ । वर्षाले खेल प्रभावित हुनु अघिसम्म दक्षिण अफ्रीकाले ७ ओभर ३ बल खेलेर दूई विकेटको क्षतिमा २९ रन बनाएको छ । भारी वर्षा भईरहेकाले खेल तत्कालै शुरु हुने अवस्था नभए पछि खेल ढिलो हिजो सुरु भएको थियो । लगातार तीन खेल हारेको दक्षिण अफ्रीका आजको खेल जित्नै पर्ने दबाबमा छ । वेष्ट इण्डिजले भने दूई खेल खेलेर एक मा जित र एकमा हार ब्यहोरेको छ ।
Post a Comment