काठमाण्डौ जेष्ठ २८ गते । रातो तारा डट कम बिराटनगरमा लामो समय देखि सामाजिक काम गर्दै आएको खोजिसमाज सेवा संस्थाले महिलाहतरुको नेत्रित्व विकासका लागि सिलाई कटाई कम्युटर लगाएका बिभिन्न सामाजिक कामहरु गर्दै आएकोछ ।
बिराटनगर महानगरपालिका वडा नम्वर १२ को सहयोगमा महिलहरुको नेत्रित्व बिकास गर्ने उदेश्यले आज जेष्ठ २८ गते देखि २९ गते अर्थात दुइदिने तालिमको आयोजना गरीएको
छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर १२ का वडा अध्यक्ष हिरालाल कामतले पानसमा बत्ती बालेर नेत्रित्व बिकास तथा व्यावस्थापन तालिमको उदघाटन गर्नु भएकोछ ।
कार्यक्रमको उदघाटन सत्रलाई सम्वोधन गदै, हिरालाल कामतले यो नेत्रित्व बिकास तालिमले सहभागीहरुलाई राम्रो फाइदा पुग्ने भएकाले तालिमबाट सिकेका सिमहरुलाई सहि सदुयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा २६ जना महिलाहरुको सहभागिता रहेको छ भने कार्यक्रमको सहजिकरण बिराटनगर महानगरपालिकाका महिला बालबालिका शाखाका डिल्ली धिमालले गर्नु हुने छ ।
कार्यक्रमको अध्यक्षता खोजि समाज की अध्यक्ष भावना खरेलले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन संस्थामै आवद्घ सरस्वती खेरेलले गर्नु भएकोछ ।
Post a Comment