Websoft University

प्राविधिक शिक्षा सरकारले अव जोड दिने— शिक्षा मन्त्री पोखरेल


काठमाण्डौ जेष्ठ २८ गते । रातो तारा डट कम,शिक्षा विज्ञान प्रविधि तथा जनसंख्या मन्त्री गिरिराजमणी पोखरेलले सरकारले देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरेको बताउनु भएको छ । ओखलढुंगा स्कूल अफ हेल्थ साईन्सको अनुगमन गर्दै मन्त्री पोखरेलले अर्को वर्ष सम्ममा देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गरिने बताउनुभएको हो । 

सबै नेपालीलाई जीवन उपयोगी शिक्षा दिने योजना अनुरुप एक स्थानीय तह एक प्राविधिक शिक्षालय खोल्ने सरकारको निती रहेको मन्त्री पोखरेलले बताउनुभयो । घोकन्ते शिक्षाले व्यक्तित्व विकास नहुने भएकाले विद्यार्थीले रोजेको विषयमा प्राविधिक ज्ञान दिएर आत्मनिर्भर बनाउन पहल भईरहेको उहाँको भनाई छ । ‘घोकेर कखरा सिकाएर मात्रै अब केही हुँदैन ।

त्यसैले शिक्षालाई श्रमसँग श्रमलाई सिपसँग सिपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘११ र १२ कक्षामा जिवनपयोगी शिक्षा दिन उच्च मावि सम्मलाई विद्यालय शिक्षा भनिएको हो । प्राविधिक धारका कक्षा सञ्चालनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले साझा प्रयास गरिरहेको उहाँको भनाई छ । 

मन्त्री पोखरेलले प्राविधिक शिक्षाका लागि प्रयोगशाला र दक्ष प्राविधिक शिक्षकको व्यवस्थापन गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो । प्रयोगशाखा र पूर्वाधार अभावमा कालोपाटीमा बढाएर प्राविधिक शिक्षा नहुने उहाँको भनाई छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.