Websoft University

सार्वजनिक पुल भत्काउने गरी ढुंगा गिट्टी उत्खनन गर्ने पक्राउ परे

श्याम राई - उदयपुर,गाईघाट,जेष्ठ २७ गते ।
रातो तारा डट कम,सार्वजनिक पुललाई हानी नोक्सानी पुग्नेगरि पुल आसपासबाट ढुंगा, गिटी उत्खनन गर्ने चार वटा सवारी साधनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका वडा न.३ स्थित त्रियुगा नदीमा निर्मित पक्कि पुल आसपास उत्खनन गरिएका ज १ त ५३५ नम्बरको जेसिवी र ना ३ त ७०१५ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 त्यसैगरि त्रियुगा नगरपालिका कै वडा न. १३ स्थित बरुवा खोलाको पुल आसपास उत्खनन्गरि ढुंगा निकाल्दै गर्दा बा २ क ८४८१ नम्बरको जेसिवी र स १ त ७१९८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी नर वहादुर बुढा मगरले बताए ।

पुल पुलेसा आसपासका क्षेत्रमा नदी उत्खनन्गरि नदीजन्य पदार्थ निकाल्न रोक लगाईएकोले ति सवारी साधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिईएका सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला समन्वय समितिमा बुझाईएको प्रहरीले जनाएको छ ।




                 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.